मंगलवार, श्रावण १२,२०८३ 03:21:09
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:21:09
Bizshala
Global IME Bank Limited

साउनमा फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए, अन्य समूह कति बढ्यो ?

साउनमा फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए, अन्य समूह कति बढ्यो ?
New Office

काठमाण्डौ । गत साउन महिनामा सर्वाधिक फाइनान्स समूहका लगानीकर्ताले नाफा बुक गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा फाइनान्स समूह इन्डेक्स १२२.७३ प्रतिशतले बृद्धि भएको छ ।  

गत आर्थिक वर्षको साउनमा १७२७.९७ विन्दुमा रहेको फाइनान्स समूह चालु आवको साउनमा बृद्धि भई ३८४८.७२ विन्दुमा पुगेको थियो ।  

साउन महिनामा समग्र सेयरबजारमा नै ४७.५६ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवको सो अवधिसम्म २०३३.१४ विन्दुमा रहेको नेप्से परिसूचक यस वर्षको साउन महिनासम्म बढेर ३ हजार विन्दुमा पुगेको थियो ।  

गत आवको अन्त्यतिर अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि साउन महिनामा सेयरबजार ह्वात्तै बढेको थियो । लामो समयसम्म घटेका सेयरभाउ उल्लेख्य बढ्दा लगानीकर्ताहरुले नाफा बुक गरेका थिए ।  

मौद्रिक नीतिमा समेत संस्थागततर्फको २० करोडको क्याप खारेज भएपछि सेयरबजारले झनै लय समातेको थियो । समग्रमा मौद्रिक नीति बजारको लागि सर्पोटिभ नै रहेको भन्दै लगानीकर्ताहरुमा उत्साह थपिएको थियो । घटेर न्यून विन्दुमा पुगेका सूचीकृत उपसूचकहरु साउन महिनामा एकाएक बढेर माथि पुगेको थियो ।  

तर अहिले फेरी नेप्से परिसूचका घटेर २४८६ को विन्दुमा आइसकेको छ । साउन महिनामा प्रफिट बुक गर्न नभ्याएका लगानीकर्ताले पुनः गुमाउन पुगेका छन् ।  

गत आवको साउनको तुलनामा चालु आवको साउनमा सर्वाधिक फाइनान्स कम्पनीका सेयरभाउ बढेका थिए ।  

त्यस्तै, दोस्रोमा हाइड्रोपावर समूह ७८।४४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २१३४.९७ विन्दुमा रहेको हाइड्रो इन्डेक्स चालु आवमा ३८०९.६६ विन्दुमा पुगेको छ । नेप्सेमा कुल ९१ वटा हाइड्रो कम्पनी सूचीकृत छन् ।  

यसका साथै लगानी उपसूचक ७३.३२ प्रतिशत, अन्य समूह ५६.७२ प्रतिशत, विकास बैंक समूह ५१.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४९.७० प्रतिशत, माइक्रोफाइनान्स समूह ४६.४१ प्रतिशत, ब्यापार समूह प्रतिशत, होटल समूह ३५.४६ प्रतिशत, वाणिज्य बैंक समूह ३२.२४ प्रतिशत, निर्जीवन बीमा समूह ३२.४७ प्रतिशत, जीवन बीमा समूह ३१.६७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक १८.२८ प्रतिशतले बृद्धि भएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.