आईतवार, जेष्ठ ३,२०८३ 04:16:31
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:16:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बोर्ड अध्यक्षको विषयले बजार तात्दै, कसको सम्भावना बढी ?

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्ड अध्यक्षको विषयले बजार तात्दै, कसको सम्भावना बढी ?
Shivam Cement

काठमाण्डौ । लामो विवाद र रस्साकस्सी पछि पुनःधितोपत्र बोर्डको अध्यक्षको प्रक्रिया अघि बढेको छ । अघिल्लोपटक अनुपस्थित ३ जनालाई नेपाल सरकारले एक सूचना जारी गरेर असोज १८ गतेको लागि व्यवसायिक कार्य योजना प्रस्तुती र अन्तरवार्ताका लागि बोलाएको छ । यससँगै अब नयाँ भन्सार मानिएको धितोपत्र बोर्डमा अध्यक्ष को बन्ला ? भनेर पुनः बजारमा चर्चा हुन थालेको छ ।  

धितोपत्र बोर्डको अध्यक्षको पद यति पेचिलो बनेको छ कि यसै विषयका कारण अघिल्लो सरकार नै ढलेको चर्चा समेत बजारमा हुने गरेको छ । प्रचण्ड प्रधानमन्त्री रहँदा रहेका अर्थमन्त्री वर्षमान पुनले धेरै प्रयास गर्दा पनि अध्यक्ष चयन गर्न सकेनन् । तत्कालिन अवस्थामा विचौलिया यति सक्रिय र शक्तिशाली बनेर निस्कियो कि सरकार ढल्नुको एउटा कारण धितोपत्र बोर्डको अध्यक्षको पद पनि रहेको स्वयं त्यस बेलाका प्रधान्मन्त्री र अर्थमन्त्रीले समेत स्वीकारेका थिए ।  

Bizshala
New Office
CG Motors

त्यसो भए के कारणले यति पेचिलो बन्दै छ धितोपत्र बोर्डको कुर्चि ? यसको मुख्य कारण भनेको सेयर बजारमा करिब ६५ लाख लगानीकर्ताको आकर्षण नै पहिलो कारण हो । धेरै मानिसको आकर्षण भए पछि जस्तो सुकै कम्पनीको आईपीओ आए पनि सहजै बिक्छ ।  

त्यसैगरी, दोस्रो कारण भनेको नयाँ स्टक एक्सचेञ्ज पनि प्रमुख हो । अघिल्लो सकरकारकै समयमा नयाँ स्टक एक्सचेञ्जको बिषयमा राष्ट्र बैंकका एक अधिकारी चिन्तामणी शिवाकोटिको संयोजकत्वमा बनेको समितिले नयाँ स्टक एक्सचेञ्जको ढोका खुला गरि दिएको छ । यसै कारण पनि कुनै समयमा धितोपत्र बोर्डमा जानै नचाहनेहरु अहिले थैली बोकेर मरिहत्ते गरेको बजारमा चर्चा चल्दै आएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कसको सम्भावना बढी ?

बजार सम्बद्ध स्रोतका अनुसार अझै पनि धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीको लागि बिचौलिया दीपक भट्ट सक्रिय रहेका छन् । उनको समूह त्यति सहजै हार मान्ने समूह होइन । बोर्डको अध्यक्ष जो बने पनि उनकै पकेटबाट हुने बजारमा चर्चा छ । भट्ट पहिलेका लगानी बोर्डका अध्यक्ष शुशिल भट्टका भाई हुन । उनका दाजुभाइको नै शेर बहादुर देउवा र प्रधानमन्त्री केपि शर्मा ओलीसँग निकट सम्बन्ध रहेको छ ।  

नयाँ स्टक एक्सचेञ्ज हात पार्न यो समूहले जति पनि थैलि बुझाउन तयार रहेको जानकार बताउछन् । स्रोतले भन्यो, ‘माओबादी खेमाका तीन जनालाई अहिले अध्यक्षको आश्वासन दिएर अन्तरवार्तामा बोलाइँदै छ । ती तिन जनालाई अन्तरवार्तामा प्रक्रिया पुराउन मात्रै बोलाइएको हो । उनीहरुलाई अध्यक्ष बनाउने सम्भावना निकै कम छ । यो औपचारिकताका लागि मात्रै गरिएको हो ।’

स्रोतले ३ जनाको सम्भावना नै शुन्य रहेको समेत दाबी गरेको छ । ‘त्यस पछि बाँकी रहेका सन्तोषनारायण श्रेष्ठको सम्भावना अधिक रहेको छ,’स्रोतले भन्यो । अघिल्लोपटक प्रक्रिया रोकिएपछि सन्तोषनारायण श्रेष्ठले प्रक्रिया अगाडि बढाउन भन्दै अदालतसम्म पुगेका थिए । यसैकारण बिचौलियाको उनीलाई राम्रै आश्वासन रहेको र सम्भावना पनि बढी रहेको प्रष्टै देखिन्छ । तर बिकल्पमा भने बिचौलियाहरुले बोर्डभित्रकै मुक्तिनाथ श्रेष्ठलाइ राखेको स्रोतको दाबी रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.