सोमबार, श्रावण ११,२०८३ 04:56:53
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 04:56:53
Bizshala
Global IME Bank Limited

नख्खु खोलामा २ जनाको ज्यान बचाएका तामाङलाई ललितपुर महानगरद्वारा रु.१ लाखसहित सम्मान

नख्खु खोलामा २ जनाको ज्यान बचाएका तामाङलाई ललितपुर महानगरद्वारा रु.१ लाखसहित सम्मान
New Office

काठमाण्डौ । गत असोज १२ गते नख्खु खोलामा आएको बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । विपद्को बेला देखाएको साहस र मानवताका लागि उनलाई महानगरपालिकाले सम्मान गरेको हो ।  

तामाङलाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले एक लाख नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । सम्मान ग्रहण गर्दै तामाङले आफूले यस्तो सम्मान पाइएला भने र कल्पना समेत नगरेको बताए । उनले श्रीमती र छोरीले नजान भनेपनि खोलामा पसेर २ जनाको ज्यान बचाएको बताए ।  

यसै क्रममा ललितपुर महानगरका प्रमुख महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गर्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकोमा उनलाई धन्यवाद दिए ।  

उक्त सम्मान कार्यक्रममा ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, सामान्य प्रशासन महाशाखा प्रमुख देवप्रसाद गुरागाईँलगायतको उपस्थिति थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.