मंगलवार, असार १६,२०८३ 02:37:20
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:37:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप

Laxmi Sunrise Bank Limited
हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले हिमालय उर्जा विकास कम्पनीले आफूहरुको अक्सनको पैसा फिर्ता नदिएको आरोप लगाएका छन् । सक्रिय लगानीकर्ता केशब कोइरालाले पैसा फिर्ता गरिदिन आग्रह गरेका छन् ।  

उनले फेसबुकमा लेखेका छन्, ‘बल्ल बुझे ताल नबिल इन्भेष्टमेन्ट बैंक रहेछ तिर्ताले, अक्सनमा नपरेको पैसा फिर्ता ले । सेबोन हाम्रो पैसा समयमै फिर्ता दिलाइदेउ ।’

साथै कोइरालाले १० दिनसम्म नबिल इन्भेष्टमेन्ट बैंकिङले लगानीकर्ताहरुको पैसा फिर्ता नगरेको पनि आरोप लगाएका छन् ।  

हिमालय उर्जा विकास कम्पनीको लिलामीमा राखिएको १४ लाख कित्ता बढी सेयरको बोलपत्र असोज १८ गते खोलिएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता अर्थात १ः१ अनुपातमा प्रतिकित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ताहकप्रद सेयर अवितरित रहेको थियो ।  यही सेयर कम्पनीले अक्सनमार्फत बिक्री गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले बाँडफाँडपछि पनि चेक सटही तथा हिसाब मिलान गर्न केही समय लाग्ने भएको कारण ढिलो भएको प्रतिक्रिया दिए । जोशीले अक्सन खोल्दैमा काम नसकिने उल्लेख गर्दै सबै प्रक्रिया पूरा भएपछि भने कम्पनीले तुरुन्तै पैसा फिर्ता गर्ने पनि जानकारी दिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.