काठमाण्डौ । चिनियाँ ब्राण्डले कब्जा गरेको बजार हिस्सा पुनःप्राप्त गर्ने उद्देश्य स्वरुप थुप्रै युरोपेली कार निर्माताहरुले एकैपटक सस्तो ईभी कार सार्वजनिक गरेका छन् ।
पेरिस मोटर शोमा ठूलो संख्यामा युरोपेली कार निर्माताहरुले कम मस्ल्य पर्ने ईभी कारहरु लञ्च गरेका हुन् । उक्त शोमा थुप्रै सस्ता मोडलका ईभी कारहरु लञ्च गरिएको र यो कदम चिनियाँ आक्रामक बजार रणनीति विरुद्ध भएको ई–मोबिलिटीका वरिष्ठ डाइरेक्टर जुलिया पोलिसकाभोनोले भनिन् ।
यो कदम ठूलो बजार र एकभन्दा बढी सवारी खरिद गर्ने ग्राहकका लागि आवश्यक भएको समेत उनले बताइन् ।
रेनल्ट, स्टेलान्टीस जस्ता चर्चित कम्पनीहरुले पनि युरोपेली बजारमा सस्तो ईभी ल्याउने भएका छन् ।
सन् २०२३ मा चिनियाँ ईभीको औषत खुद्रा मूल्य करिब ३१ हजार युरो थियो । तर युरोपमा भने उक्त समयमा ईभी कारको औषत मूल्य ६६ हजार युरो र अमेरिकामा ६८ हजार युरो थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                