बिहीबार, बैशाख ३१,२०८३ 02:21:13
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:21:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई शैक्षिक सामाग्री र राहत वितरण

Laxmi Sunrise Bank Limited
एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई शैक्षिक सामाग्री र राहत वितरण
Shivam Cement

काठमाण्डौ । एनसेल फाउन्डेसनले बाढीका कारण प्रभावित  बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  

व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएको एनसेलले विज्ञप्ति जारी गरी जनाएको छ । 

Bizshala
New Office
CG Motors

गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीका कारण नदीकिनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरुले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामाग्रहरु गुमाएका थिए ।

फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको छ ।

फाउन्डेसनले रोशीगाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहतवितरण गरेको छ । यसैगरी पनौतीनगरपालिकाकाप्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्ड्सनले हालै मात्र राहात वितरण गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरैक्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढि घरपरिवारलाई राहत सामाग्री वितरण गरिसकेको छ ।  

“विगतमा पनि बाढीपहिरो, भुईचालो, कोभिड जस्ता विपद्माप्रतिकार्य स्वरुपहामीले यथासक्य सहयोग र साथदिएका छौं,”एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखालक्ष्मी खड्काले भनिन्- “यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्य पालना गर्न प्रतिबद्ध छौं।” 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.