आईतवार, श्रावण ४,२०८२ 01:05:29
  • आईतवार, श्रावण ४,२०८२ 01:05:29
Global IME Bank Limited

नेपालबाट आजदेखि बंगलादेशमा विद्युत निर्यात सुरु

Hyundai Nepal
नेपालबाट आजदेखि बंगलादेशमा विद्युत निर्यात सुरु
Shivam Cement

काठमाण्डौ । नेपालले आजदेखि बंगलादेशलाई विद्युत निर्यात गर्न सुरु गरेको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताबमोजिम नेपालले ४० मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको हो ।  

आज परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले बंगलादेशमा विद्युत निर्यातको औपचारिक थाली गरेका हुन्।

Muktinath Bikas Bank Limited

शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार राति १२ बजेसम्म बिद्युत बिक्री गर्दा ३८ लाख ३२ हजार रुपैयाँ आम्दानी हुनेछ । बंगलादेशलाई विद्युत निर्यात गर्दा प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।  

५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणको अनुमान छ ।  

प्राधिकरणले २५ मेगावाटको त्रिशुली र सहायककम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.