बिहीबार, बैशाख ३१,२०८३ 11:04:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:04:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामान्य वेबसाइट समेत नभएको विशाल बजारको सेयरभाउ दैनिक किन बढिरहेको छ ?

Laxmi Sunrise Bank Limited
सामान्य वेबसाइट समेत नभएको विशाल बजारको सेयरभाउ दैनिक किन बढिरहेको छ ?
Shivam Cement

काठमाण्डौ । नेपाल सरकारको स्वामित्व रहेको विशाल बजार कम्पनी नेप्सेको कारोबार समूहमा सूचीकृत कम्पनीमध्येको एक सरकारी कम्पनी हो । पछिल्लो समय यो कम्पनीको सेयरमूल्य ह्वात्तै बढेको छ । कुनै विशेष कारणबिना नै यो कम्पनीको सेयरमूल्य पछिल्लो समय निकै बढिरहेको छ ।  

यसरी सेयरमूल्य बढ्नलाई न कम्पनीले लाभांश घोषणा गरेको छ न वित्तीय प्रतिवेदन नै सार्वजनिक गरेको छ । कम्पनीले वित्तीय अवस्था सार्वजनिक नगरेको पनि धेरै भइसकेको छ ।  

कम्पनी यति अव्यवस्थित छ कि आजको डिजीटल दुनियाँमा समेत यसको आफ्नै वेबसाइट छैन ।  

सामान्यतया पब्लिकमा गएका कम्पनीले सर्वसाधारणलाई विभिन्न गतिविधिहरुको विषयमा जानकारी दिनलाई वेबसाइटको व्यवस्था गरेका हुन्छन् । तर यो कम्पनीले वेबसाइट नै नराखेर कम्पनीको व्यवस्थापन तथा सञ्चालकमा  को छ, वित्तीय अवस्था के कस्तो छ भन्ने विषयमा सर्वसाधारणलाई गुमराहमा राख्दै आएको छ ।  

यो कम्पनीले वर्षौदेखि वार्षिक साधारणसभा पनि गर्न सकेको छैन ।  

Bizshala
New Office
CG Motors

पछिल्लोसमय यस कम्पनीको स्वामित्वमा रहेको जग्गा सेयरमा परिणत भएपछि नेप्सेमा सबैभन्दा उच्च पूँजी भएको  कम्पनी हुन पुगेको छ । यससँगै कम्पनीले उच्च पूँजीको मामिलामा नेपाल टेलिकम र नबिल बैंकलाई पछि पारेको छ ।  

यो कम्पनीको बजार पूँजीकरण उच्च भएता पनि फ्लोटेड सेयर कम भएका कारण नै दोस्रो बजारमा उच्च मूल्य हुन पुगेको देखिन्छ । सर्वसाधारणतर्फ जम्मा १.०४ प्रतिशत अर्थात जम्मा ४ लाख १८ हजार ९६७ कित्ता सेयर मात्रै सूचीकृत छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यहि लो क्याप सेयर भएका कारण यो कम्पनीको सेयर पछिल्लो  तीन दिनदेखि दैनिक अपर सर्किट लागेको ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु बताउँछन् ।  

बजारमा नै केही लगानीकर्ताहरुले यस कम्पनीको मूल्य समायोजन हुनुपर्ने तथा हाल सर्वसाधारणमा जम्मा १ प्रतिशत मात्रै सेयर भएका कारण थप सेयर अर्थात सर्वसाधारणतर्फको हिस्सा बढाउने गरी एफपीओ पनि ल्याउनुपर्ने तर्क गरेको पाइन्छ ।  

नेप्सेका प्रवक्ता मूराहरि पराजुलीले नेप्सेले युजर आईडी र पासवर्ड उपलब्ध गराएको तर कम्पनीेले नै आफ्नो वेबसाइट बनाउन तथा सूचना राख्न आलटाल गरेको बताए ।  

नेप्सेकै अर्का एक अधिकारीले सरकारी संस्था भएका कारण नै विशाल बजारले नेप्सेलाई नटेरेको बताए । ती अधिकारीले भने, ‘राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीले नेप्सेलाई मात्रै होइन, मन्त्रीलाई समेत टेर्दैनन् ।’  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.