शुक्रबार, जेष्ठ १,२०८३ 03:59:23
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:59:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दक्षिण कोरियामा उत्पन्न राजनीतिक संकटका कारण सेयर बजारमा गिरावट

Laxmi Sunrise Bank Limited
दक्षिण कोरियामा उत्पन्न राजनीतिक संकटका कारण सेयर बजारमा गिरावट
Shivam Cement

काठमाण्डौ । दक्षिण कोरियामा जारी राजनीतिक उतारचढावका कारण त्यहाँको सेयर बजारमा गिरावट आएको छ ।  

राष्ट्रपति युन सुक योलले मंगलबार देशमा सैनिक शासन लगाएको केही घण्टामै उक्त निर्णयबाट पछि हटेका थिए । योलको उक्त निर्णयका कारण दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स कोस्पी १.८ प्रतिशतले घटेको छ । यस्तै कोस्डाक इन्डेक्स पनि २.३ प्रतिशतले ओरालो लागेको छ ।  

देशमा उत्पन्न राजनीतिक संकटका कारण लगानीको वातावरण बिग्रने सम्भावनका कारण सेयर बजार गिरावट आएको जनाइएको छ ।  

Bizshala
New Office
CG Motors

बैंक अफ कोरिया(केन्द्रीय बैंक)ले आपकालिन बैठक बोलाउदै एफएक्स मार्केटलाई स्थायित्व प्रदान गर्न अल्पकालिन तरलतालाई बढावा दिने र अन्य समाधानका उपायहरु अबलम्बन गर्ने निर्णय गरेको छ ।  

यस्तै स्थानिय योनहाप न्यूज एजेन्सीले देशको वित्तीय नियामकले सेयर बजारको सेन्टिमेन्टलाई कायम राख्न ७.०७ बिलियन डलर बजारमा परिचालन गर्न तयार रहेको खबर प्रकाशन गरेको थियो । यद्यपी दक्षिण कोरियाका विदेशी विनियम अधिकारीहरुले भने ‘अनसोर मार्केट’मा अमेरिकी डलर बिक्री गर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

आज अन्य एशियाली बजारले पनि गिरावटका साथ कारोबारको थालनी गरेका छन् । जापानको निक्की२२५ इन्डेक्स ०.४ प्रतिशत र टोपिक्स ०.६ प्रतिशतले घटेको छ । यस्तै हङकङको हाङसेङ इन्डेक्स ०.२५ र चीनको सीएसआई ०.५ प्रतिशतले घटेका छन् ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.