शनिबार, बैशाख १३,२०८२ 09:10:01
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:10:01
IME remit
Global IME Bank Limited

अत्याधुनिक लञ्च कार्यक्रमसँगै एक्सपेंग मोटर्स अब पोखरामा

Hyundai Nepal
अत्याधुनिक लञ्च कार्यक्रमसँगै एक्सपेंग मोटर्स अब पोखरामा
Nabil Bank Limited

काठमाण्डौ । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटो मोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ। सिजी मोटर्सले अटो वेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ।यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको कम्पनीले जनाएको छ ।  

अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराएका थिए । साथै, सिजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सिजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरेका थिए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उद्घाटनका क्रममा, अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी ६ एसयुभी पनि हस्तान्तरण गरेको छ।

यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी ६ मोडल प्रस्तुत गरिएको थियो । जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ।जी ६ ले विश्वकै उच्च सुरक्षापरीक्षण ई–एनक्यापमा ५ स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि सेवा २.०, संरचना, नियमित ओटीए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भी सुपर(फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.