बिहीबार, जेष्ठ ७,२०८३ 02:11:17
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 02:11:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः सेबोन अध्यक्ष श्रेष्ठ

Laxmi Sunrise Bank Limited
सेयर बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः सेबोन अध्यक्ष श्रेष्ठ
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् ।  

काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् ।  

Bizshala
New Office
CG Motors

साथै, उनले ब्रोकरमार्फत मार्जिन ट्रेडिङलाई समेत अगाडी बढाउने बताए । ‘मेरो कार्यकालमा सेयरबजार सम्बन्धी सम्पूर्ण चूनौतीहरुलाई समाधान गर्ने प्रयास गर्नेछु । बजारमा देखिएका इन्साइडर ट्रेडिङ जस्ता गलत कार्यलाई निगरानीमा राखेर बजारलाई स्वस्थ्य बनाउने प्रयास गर्नेछु’ उनले भने, ‘ब्रोकरहाउसमार्फत मार्जिन ट्रेडिङलाई समेत अगाडी बढाउने जमर्को गर्नेछु ।’

यस्तै, ब्रोकर हाउसहरुले पनि सर्वसाधारणको हितको लागि काम गर्नुपर्ने र सर्वसाधारणलाई सहज गराउनुपर्ने उनले जोड दिए । बजारलाई नयाँ उचाइमा पुर्याउन ब्रोकर हाउसले पनि अहम् भूमिका निर्वाह गर्र्न र सर्वसाधारणको हितमा काम गर्न उनले ब्रोकर कम्पनीलाई आग्रह गरे ।  

उक्त कार्यक्रममा स्टक ब्रोकर एसोशियसनका पूर्वअध्यक्ष भरत रानाभाटले धितोपत्र ऐन संशोधन हुनुपर्ने अनुरोध गरेका छन् । त्यस्तै, उनले स्टक ब्रोकर संघको उचाई समेत बढाउन अनुरोध गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

साथै, उनले पछिल्लो समय ब्रोकरले पैसा तिर्न नसकेको र सेटलमेन्ट हुन नसकेको जस्तो समस्या नरहेको बताए । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकिएका सबै काम द्रुत गतिमा अघि बढाउन समेत उनले नवनियुक्त अध्यक्षलाई आग्रह गरे ।  

त्यस्तै, संघका निर्वतमान अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिशन नघटाउन धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई आग्रह गरेका छन् । साथै उनले आफ्नै ब्रोकरबाट पनि सेयर किन्न पाउनुपर्ने कुराको माग राखेका छन् ।  

उनले सबै ब्रोकर कम्पनीहरु डिजिटल रुपमा अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे । ‘ब्रोकरभित्र उधारो काम हुनुहुँदैन, यसले ब्रोकरसँगै लगानीकर्ता र सिँगो पुँजीबजारलाई नै चलायमान बनाउन सक्दैन’ उनले भने, ‘ब्रोकर कम्पनीहरु अब डिजिटल रुपमा अघि बढेर आगामी असार मसान्तभित्र सबै ब्रोकरले पुँजी बढाउन आवश्यक छ ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.