Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

यस वर्ष तीन क्रिप्टोकरेन्सीको बजार पूँजीकरण सय अर्ब डलर पुग्ने !

Global IME Bank Limited
यस वर्ष तीन क्रिप्टोकरेन्सीको बजार पूँजीकरण सय अर्ब डलर पुग्ने !
Nabil Bank Limited

काठमाण्डौ । सन् २०२४ को बुल मार्केटमा तीन क्रिप्टोकरेन्सीहरूको मूल्य  बजार पूँजीकरण १०० अर्ब डलर पुग्न सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।  उच्च आपूर्ति मुद्रास्फीतिले मूल्य अपरिवर्तित रहँदा पनि बढ्दो बजार पूँजीकरणलाई फाइदा पुर्याउने रिपोर्टमा जनाइएको छ ।  

सोलाना

क्रिप्टोकरेन्सी मध्येको एक सोलानाको बजार पूँजीकरण अहिले ४८.१२ अर्ब रहेको छ । सोलानाको हालको वृद्धिलाई मध्यनजर राख्दै यसको बजार पूँजीकरण १०० अर्ब डलर पुग्ने अनुमान गरिएको छ । सोलानाको मूल्य अन्य क्रिप्टोकरन्सीहरूको तुलनामा वृद्धि भएको छ र यसको विकेन्द्रीकृत फाइनान्स इकोस्स्टिमले इथेरियमलाई चुनौति पेश गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थागत लगानीकर्ताहरूले थप मापन योग्य र यसको कुशल वेवथ्रीमा उल्लेखनीय रूपमा  रुचि तथा चासो देखाएका छन्। सोलानालाई भेन्चर क्यापिटलिस्टहरू र ठूला वित्तीय दिग्गजहरुले अत्यधिक समर्थन गरेका छन् ।  

यसको बजार पूँजीकरण १०० अर्ब डलर पुग्यो भने यसको पूँजीकरण लाभ १०८ प्रतिशत पुग्ने जनाईएको छ । यद्यपि, सोलानाको टोकन यसको १७ प्रतिशतको भन्दा बढी वार्षिक आपूर्ति मुद्रास्फीति लागि परिचित छ।  

एक्सआरपी 

एक्सआरपी पनि बजार पूँजीकरण १०० अर्ब डलर पुग्ने बलियो दाबेदारका रुपमा रहेको छ । अहिले भने यसको बजार पूँजीकरण ३२.०५ र्अब डलर रहेको छ । रेमिट्यान्स र संस्थागत साझेदारीमा केन्द्रीत एक्सपीआरको नीतिले बजार पूँजीकरणको वृद्धिलाई टेवा पुग्नेछ । यसको बजार पूँजीकरण १०० अर्ब डलर पुग्यो भने पूँजीकरण लाभ २३० प्रतिशत पुग्ने जनाईएको छ । जसले यसको मूल्य प्रभावित बन्नेछ ।  

एभालान्च(एभीएएक्स)

एभीएएक्स पनि बजार पूँजीकरण १०० अर्ब डलर पुग्ने अर्को क्रिप्टोकरेन्सीको रुपमा रहेको छ । एभालान्चको डेफी प्रोटोकल विकास र लगानीको लागि सबैभन्दा लोकप्रिय ब्लकचेन मध्ये एक भएको भएकाले यसको बजार पूँजीकरण १०० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।  

यसका साथै एभालान्च पनि उच्च आपूर्ति मुद्रास्फीतिबाट ग्रस्त भएकाले अन्य दुई क्रिप्टोकरेन्सी जस्तै यसको पनि पूँजीकरण वृद्धि हुने सम्भावना उच्च देखिन्छ । अहिले यसको बजार पूँजीकरण १४.६१ अर्ब डलर रहेको छ । १०० अर्ब बजार पूँजीकरण पुग्न ५८४.४६ प्रतिशतको उछाल आउनुपर्ने रिपोर्टमा जनाएको छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.