सेयर लगानीकर्ताद्वारा आन्दोलनको घोषणाः लगानी सम्मेलनमा बृहत प्रदर्शन गर्ने चेतावनी, भोलि माइतीघरमा डेमो
काठमाण्डौं । विभिन्न लगानीकर्ताहरुको संघ तथा संगठनको आह्वानमा आज भृकुटी मण्डपमा सयौं सेयर लगानीकर्ताहरु भेला भएका छन्। भेलाले उपेन्द्र पाठकको नेतृत्वमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । विभिन्न बक्ताहरुले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सुरक्षा गर्न नसकेको आरोप लगाए । अगुवा लगानीकर्ता तिलक कोइरलाले लगानीकर्ताहरुको लगानी दैनिक घटेर खरानी हुने...

