कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग
काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । गत भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी युवा समुहको आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले कार्यालय सञ्चालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरेको हो ।

