बजेट भाषण मंगलबार दिउँसो १ बजे
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जेठ १५ गते मंगलबारका दिन आउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ अनुरोध समेत गरेका छन् ।

