देउवाले गरे केपी ओलीलाई प्रधानमन्त्रीको अफर, नयाँ गठबन्धन भत्काउने अभियानमा अरु को-को ?
काठमाण्डौ । नेपाली कांग्रेसले एमालेसहित चार दलको संलग्नतामा बनेको नयाँ सत्ता समीकरण भत्काउने खेल सुरु गरेको छ । प्रतिनिधिसभाको तेश्रो शक्ति भएर पनि माओवादी केन्द्रले सत्तामा लगातार हालीमुहाली गरेको निश्कर्षसहित कांग्रेसका शीर्ष नेताहरु नै नयाँ सत्ता गठबन्धन भत्काउने खेलमा सक्रिय भएका हुन् । यो क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो राति नयाँ गठबन्धनको...