काठमाण्डौ । आईएमएफको विस्तारित ऋण सुविधा (ईसीएफ) व्यवस्थाद्वारा समर्थित नेपालको आर्थिक सुधार कार्यक्रमको छैठौं समीक्षा सम्पन्न गर्न नेपाली अधिकारी र आईएमएफ टोलीबीच कर्मचारीस्तरीय सहमति भएको छ । समीक्षालाई आईएमएफ व्यवस्थापनले अनुमोदन गरेपछि र आईएमएफ कार्यकारी बोर्डले पूरा गरेपछि नेपालले करिब ४२.७ मिलियन डलरको वित्तिय पहुँच पाउनेछ।
सरवत जहाँको नेतृत्वमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) टोलीले मे २६ देखि जुन १०, २०२५ को अवधिमा काठमाण्ठौको भ्रमण गरेको थियो। नेपाली अधिकारी र आईएमएफ टोलीबीच भएको रचनात्मक छलफल पछि छवटा समीक्षाहरू पूरा गर्न आवश्यक नीतिहरू र सुधारहरूमा कर्मचारी–स्तरमा सहमति भएको हो ।
सम्झौता आइएमएफको कार्यकारी बोर्ड द्वारा अनुमोदन गरेपछि लागू हुनेछ। कार्यकारी बोर्ड समीक्षा पूरा भएपछि नेपालले ४२.७ मिलियन डलर प्राप्त गर्नेछ ।
नेपालले ईसीएफ समर्थित कार्यक्रमको कार्यान्वयनको साथ प्रगति गर्न जारी राखेको आइएमएफले जनाएको छ । बाल कल्याण अनुदानमा सूचक लक्ष्य बाहेक जनवरी २०२५ को लागि सबै मात्रात्मक कार्यसम्पादन मेट्रिक्स पूरा गरी कार्यक्रमको प्रदर्शन सन्तोषजनक रहेको आइएमएफले जनाएको छ ।
यस्तै आइएमएफले संरचनात्मक बेन्चमार्कको कार्यान्वयनले गति लिएको र केही क्षेत्रमा सुधारहरू अझै जारी रहेको उल्लेख गरेको छ।