काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ जिम्मेवारबाट पछाडी हटेको भन्दै सेयर लगानीकर्ताहरु आक्रोसित बनेका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको धितोपत्र अभौतिकिकरण कार्य सन्चालन निर्देशिका, २०८२ को जानकारी कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका श्रेष्ठ उपस्थिती नभएपछी लगानीकर्ताहरु उनीमाथि खनिएका हुन् ।
सेयर विज्ञ तथा लगानीकर्ता प्रकाश रजौरेले बोर्डका अध्यक्ष श्रेष्ठले लगानीकर्तासँग फेस गर्न नसकेको र जिम्मेवारबाट पछाडी हटेको आरोप लगाए ।
‘पूँजीबजारको अभिभावक मानिने धितोपत्र बोर्डले लगालीकर्ताको मनोबल बढाउने कार्य गर्नु पर्ने हो तर बोर्डका अध्यक्ष नै आजको यो कार्यक्रममा सहभागी हुनुभएन जुन आफ्नो जिम्मेवारबाट पछाडी हटेका हुन्’ उनले भने, ‘लगानीकर्ताको लगानी सुरक्षाको लागि बोर्डले केही गर्न सकेको छैन, बोर्डका अध्यक्ष केवल आफ्नो फाइदा र पदको लोभमा मात्र बसेका हुन नत्र धितोपत्रको सुरक्षण निकायले गर्नुपर्ने होइन र ?’
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संचालन गरेको उक्त कार्यक्रममा पूँजीबजारमा देखिएका विकृतिहरुहरुको विषय उठान गरिएको तर नियामक निकायका प्रतिनिधीहरु नै उपस्थित नहुदा यसको औचित्य नभएको उनले भने ।
‘सिडिएससीले आज आयोजना गरेको यो कार्यक्रममा आइजिनको विषयमा देखिएको समस्या र सस्थापक र सर्वसाधारण सेयरमा हुने विकृतिको कुराहरू उठान गरिएको छ र यस्ता विकृतिहरु तुरुन्तै नियामकले समाधान गर्नुपर्छ’ उनले भने, ‘लगानीकर्ताहरुको मनोवल बढाउन र हित संरक्षण गर्न नियामकले आफ्नो भूमिका चुस्त बनाउनुपर्छ ।’

