सुनको मूल्य २८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१० प्रतिशत अर्थात २८.४२ डलरले बढेको हो । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२३ डलर पुगेको छ । अमेरिकी डलरको भाउमा आएको गिरावट र अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको कमीका कारण सुनको मूल्य बढेको हो ।