स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस २५ गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८१/८२ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.६३६५ प्रतिशत...

