सुनको मूल्य नयाँ उचाईमा, एकैदिन ३५ डलरले बढ्यो
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड(ले ब्याजदरमा कटौती गरेसँगै बढेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो कारोबारमा पनि सुनको मूल्यमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३५.९८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

