२०२६ मा सुन अझै महँगिने संकेत, प्रतितोला ३ लाख रुपैयाँ माथि पुग्नसक्ने !
काठमाण्डौ । नेपाली बजारमा हालै प्रतितोला २ लाख ७० हजार रुपैयाँ को ऐतिहासिक उचाइ छोइसकेको सुनको मूल्य २०२६ मा अझै महँगिने प्रक्षेपण अन्तर्राष्ट्रिय बजार विश्लेषणले गरेको छ। अहिले नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम रहँदा आगामी वर्ष यो मूल्य ३ लाख रुपैयाँ नजिक पुग्न सक्ने अनुमान गर्न थालिएको छ।

