सुनको मूल्यमा आजपनि उच्च वृद्धि, प्रतितोला कतिले बढ्यो ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य उच्च वृद्धि भएको छ । अघिल्लो दिनको बढोत्तरीलाई निरन्तरता दिने क्रममा आज सुन ७ हजार २ सय रुपैयाँले महङ्गिएको हो ।नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन समेत सुनको भाउ ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।...

