सुनको मूल्य २२ सयले घट्यो, तोलाको कति पुग्यो भाउ ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेने क्रम जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो । आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

