आज बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

