सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो
काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि सुनको यही मूल्य कायम थियो ।

