आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

