सुनको मूल्य १३ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.५० प्रतिशत अर्थात १३.३६ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ७०७ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.२६ प्रतिशत अर्थात ०.१० डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ३१.९८ डलरमा कारोबार भईरहेको छ ।

