आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । गत शुक्रबार प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचादी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुनको यही मूल्य कायम थियो ।

