आज घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

