आज सामान्य घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
काठमाण्डौ । शुक्रबार घरेलु बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

