निरन्तर घट्दै सुनको भाउ, आज तोलामा कतिले सस्तियो ?
काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । बिहिबार स्थानिय बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

