सुनको मूल्यमा ५ हजार ३ सयको उछाल, प्रतितोला १ लाख ९० हजार नजिक
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यमा उछाल आएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५ हजार ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

