लगातार ४ दिन घट्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको ओरालो यात्रा आजपनि जार्री रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा भईरहेको जनाएको छ ।

