आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ सयले कम हो ।