पुनः रेकर्डतोड स्तरमा पुग्यो सुनको भाउ, तोलाको २ लाख नजिक
काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत साउन २३ गते पनि सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय नै पुगेको थियो ।

