सुन र चाँदीको मूल्यमा पुनः उछाल, कति पुग्यो ?
काठमाण्डौ । विश्व बजारमा सुन र चाँदी दुबैको मूल्यमा फेरि उछाल आएको छ। अमेरिकी बजार समय अनुसार १९ अक्टोबर २०२५ राति ११ः४५ बजेको अवस्थाअनुसार सुनको मूल्य प्रतिऔंस ४२५६ अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ डलरले बढेको हो । चाँदीको मूल्य पनि उकालो लाग्दै प्रति औंस ५२.१७ अमेरिकी डलर पुगेको छ, जसमा ०.८४ डलरको वृद्धि देखिएको छ ।

