सुनको मूल्य ५ साताकै उच्च, एकैदिन ४१ डलरले बढ्यो
काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५ साताकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको मूल्य १.२४ प्रतिशत अर्थात ४१.४९ डलरले बढेको छ । यो मूल्यवृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३९२.८९ डलरमा भईरहेको छ । डलर र अमेरिकी बोण्डको प्रतिफल कमजोर बनेसँगै सुनको मूल्य ह्वात्तै बढेको हो । यस्तै अमेरिकासँग व्यापार सम्झौता गर्ने म्याद नजिकिएसँगै...