सुनको मूल्य आज २२ डलरले बढ्यो
काठमाण्डौ । सुनको मूल्य आज वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.७२ प्रतिशत अर्थात २२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २०९ डलरमा कारोबार भईरहेको छ । डलर केही कमजोर बन्दा र कमजोर अमेरिकी आर्थिक तथ्यांकको प्रभाव रुवरुप सुनको मूल्य बढेको हो ।

