काठमाण्डौ । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य १.७४ प्रतिशत अर्थात ५८.१६ डलरले ओरालो लागेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार २८२ डलरमा कारोबार भईरहेको छ । चीन र अमेरिकाबीच व्यापारिक सम्झौताका विषयमा छलफल अघि बढेसँगै लगानीकर्ता सुरक्षित लगानीबाट अन्य जोखिमपूर्ण लगानीमा अग्रसर भएकाले सुनको मूल्यमा गिरावट आएको हो ।
यस्तै डलर समेत बलियो बनेको छ । फलस्वरुप अन्य मुद्राधारकहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ०.०८ डलरले बढ्दै प्रतिऔंस ३२.८२ डलर कायम छ ।