सुनको मूल्यमा आज १६ डलरको गिरावट
काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलर केही बलियो बन्दा र रुस–युक्रेनबीच शान्ति सम्झौता हुनसक्ने सम्भावना बढेसँगै सुनको मागमा कमी आएको छ । जसका कारण आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १६.३९ डलरले घटेको छ ।

