सुनको मूल्य घट्ने क्रम जारी, चाँदीको भने लगातार दुईदिन स्थिर
काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिदै आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

