काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । स्थानिय बजारमा आज सुनको मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ७ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार १५० सय रुपैयाँ कायम भएको छ ।