काठमाण्डौ । सुनको मूल्य पछिल्लो कारोबारमा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो कारोबारमा सुनको मूल्य ०.७२ प्रतिशत अर्थात २३.१७ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार २०१ मा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य ०.२४ डलरले घट्दै प्रतिऔंस ३२.२८ डलर कायम भएको छ ।