काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य ०.५९ प्रतिशत अर्थात २०.१३ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३१५ डलरमा कारोबार भईरहेको छ ।
अमेरिकाको व्यापारीक सम्बन्ध चीन र अन्य साझेदार देशहरुसँग नरम बनेसँगै सुनको मूल्यमा गिरावट आएको हो । यस्तै लगानीकर्ता अमेरिकाको आर्थिक तथ्यांकको प्रतिक्षामा रहेका छन् । अमेरिकी आर्थिक तथ्यांकको आँकडाले फेडरल रिजर्भको नीति तय गर्नेछ ।
जोखिमको सम्भावना कम भएकाले सुनप्रति लगानीकर्ताको आकर्षणमा कमी आएका विश्लेषकहरुले बताएका छन् । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले ट्यारिफबाट बच्न विश्वका विभिन्न देशहरुले अमेरिकासँग वार्ता गरिरहेको र यी वार्ताहरु सकारात्मक दिशातर्फ अग्रसर भईरहेको बताएका छन् । यस्तै चीनले समेत केही अमेरिकी वस्तुहरुमा लगाएको ट्यारिफमा छुट दिने घोषणा गरेकाले चीनपनि व्यापार सम्झौताका लागि सकारात्मक देखिएको उनले बताए ।
आज चाँदीको मूल्य समेत ०.११ डलरले घटेको छ । चाँदी यतिबेला प्रतिऔंस ३२.९९ डलरमा कारोबार भईरहेको छ ।