TRENDING
(132).jpg)
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । आजको कारोबारमा सुनको मूल्य १.३९ प्रतिशत अर्थात ४१.२९ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको भाउ प्रतिऔंस ३ हजार ८.४९ डलरमा कारोबार भईरहेको छ । अमेरिका र चीनबीचको व्यापारीक टकराब र अमेरिकाको ट्यारिफ नीतिका कारण सुनको मूल्य पुनःउकालो लागेको हो । यसका साथै आफ्ना प्रतिष्पर्धि मुद्राको तुलनामा डलर केही कमजोर बन्दा समेत सुनको मूल्यमा बढोत्तरी आएको छ ।
पछिल्लो ३ कारोबारमा भने सुनको मूल्य लगातार घटेको थियो । अमेरिकाले चीनमाथि अतिरिक्त कर थप्दै कुल भन्सार शुल्क १०४ प्रतिशत पुर्याएको छ ।
आर्थिक र राजनीतिक संकटका बेला सुरक्षित लगानीको रुपमा लिइने सुनको मूल्य यो वर्ष १५ प्रतिशतले बढिसकेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ०.११ डलरले बढ्दै प्रतिऔंस २९.८९ डलर कायम भएको छ ।
यो पनि हेर्नुहोस
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
- by Bizshala
- 10 घण्टा अगाडी
आज सुनको मूल्य बढ्यो,प्रतितोला कतिमा हुँदैछ कारोबार ?
- by Bizshala
- 1 दिन अगाडी
सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो भाउ ?
- by Bizshala
- 2 दिन अगाडी