शनिबार, चैत्र २१,२०८२ 01:00:37
Bizshala
  • शनिबार, चैत्र २१,२०८२ 01:00:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वभर सुनको माग रेकर्डतोड स्तरमा, केन्द्रीय बैंकहरुको रिजर्भमा पनि उछाल

Bizshala
विश्वभर सुनको माग रेकर्डतोड स्तरमा, केन्द्रीय बैंकहरुको रिजर्भमा पनि उछाल
Shivam Cement

काठमाण्डौ । विश्वभर सुनको माग रेकर्डतोर्ड स्तरमा पुगेको छ । अन्तराष्ट्रिय सुन काउन्सिलका अनुसार सन् २०२४ मा विश्वभर सुनको मागले नयाँ रेकर्ड कायम गरेको हो । काउन्सिलका अनुसार विश्वभरका केन्द्रीय बैंकहरुबाट भएको उच्च खरिद र ग्राहक तथा लगानीकर्ताबाट भएको बढ्दो लगानीका कारण सुनको माग तथा खपतमा उछाल आएको हो ।  

अन्तराष्ट्रिय सुन काउन्सिलले आफ्नो वार्षिक प्रतिवेदनमा  सार्वजनिक गर्दै गत वर्ष विश्वभर ४ हजार ९७४ टन सुनको कारोबार भएको जनाएको छ । सन् २०२३ मा भने यस्तो कारोबार ४ हजार ८९९ टनबराबर भएको थियो । प्रतिवेदनमा सन् २०२४ मा विश्वव्यापी सुनको माग नयाँ त्रैमासिक उचाईमा पुगेको र विश्व भू–राजनीतिक घटना तथा आर्थिक अनिश्चिनताका कारण वार्षिक रुपमा समेत रेकर्ड विन्दुमा पुगेको जनाइएको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

काउन्सिलले यो अवधिमा विश्वका केन्द्रीय बेंकहरुको सुनप्रतिको मोहमा कुनै कमी नआएको जनाएको छ । यो अवधिमा विश्वका कैन्द्रीय बैंकहरुले १ हजार टन बढी सुन खरिद गरेका छन् । यससँगै केन्द्रीय बैंकहरुले लगातार ३ वर्ष यो आँकडा पार गरेका छन् ।  

सन् २०२४ मा पोल्याण्डको केन्द्रीय बैंक,‘नेशनल बैंक अफ पोल्याण्ड’ले सर्वाधिक सुन खरिद गरेको छ । नेशनल बैंक अफ पोल्याण्ड’ले एक वर्षको अवधिमा ९ण् टन सुन रिजर्भ गरेको छ ।  

यस्तै टर्कीको केन्द्रीय बैंकले ७५ टन सुन खरिद गर्दै दोस्रो स्थानमा रहेको छ । यस्तै भारतको केन्द्रीय बैंक तेस्रो स्थानमा रहेको छ । भारतको केन्द्रीय बैंकले डिसेम्बर महिना बाहेक अन्य महिनामा एक समान रुपमा सुनको खरिद गरेको थियो ।  

सन् २०२४ मा विश्वव्यापी सुनको लगानी पनि २५ प्रतिशतले वृद्धि भएको छ । जुन पछिल्लो ४ वर्षकै उच्च हो । यो अवधिमा गोल्डबार र सिक्काको माग पनि उच्च रहेको छ । चीन र भारतमा विशेष गरेर सुनको माग बढेको देखिएको अन्तराष्ट्रिय सुन काउन्सिलले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सुन आयातलाई १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेसँगै भारतमा सुनको माग बढेको थियो । यस्तै गत वर्ष आसियाना राष्ट्रहरु जस्तै सिङ्गापुर, मलेशिया र थाइल्याण्ड लगायतका देशमा सुनको लगानी दोहोरो अंकले बढेको थियो ।  

यद्यपी गत वर्ष सुनका गरगहनाको मागमा भने गिरावट आएको काउन्सिलले जनाएको छ । सुनको मूल्यमा आएको उछालका कारण यस्तो भएको जनाइएको छ । गत वर्ष सुनका गरगहनाको कारोबार ११ प्रतिशतले घटेको थियो ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.