निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि प्रतिऔंस १० डलरले बढ्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि यथावत रहेको छ । आज सुनको मूल्य ०.४२ प्रतिशत अर्थात प्रतिऔंस १०.३५ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४५५ डलर कायम भएको छ ।

