सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमाकुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमै कारोबार भएको थियो ।

