बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो
काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक विवरणमा यस्तो देखिएको हो । विवरण अनुसार साउन महिनासम्ममा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        