आज पनि बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.७८रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम थियो। आज एक यूरोको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        