बैंकिङ प्रणालीमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज पनि ४० अर्ब झिक्दै
काठमाण्डौ । निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        