काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४३ र बिक्रीदर १३७.०३ रुपैयाँ कायम भएको छ ।
यस्तै एक यूरोको खरिददर १५५.०५ रुपैयाँ र बिक्रीदर १५५.७३ रुपैयाँ कायम भएको छ । एक पाउण्डको खरिददर १८१.६६ रुपैयाँ र बिक्रीदर १८२.४६ रुपैयाँ कायम छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.२६ रुपैयाँ र बिक्रीदर ८७.६४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१४ रुपैयाँ र बिक्रीदर ३७.३१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१९ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४२ रुपैयाँ र बिक्रीदर ३७.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.९० रुपैयाँ र बिक्रीदर ४४६.८६ रुपैयाँ कायम भएको छ ।