काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।
युरोको खरिददर १७५ रुपैयाँ ६४ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
कुवेती दिनारको खरिददर ५०१ रुपैयाँ १ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। त्यस्तै, बहराइन दिनारको खरिददर ४०८ रुपैयाँ ९९ पैसा, ओमानी रियालको ४०० रुपैयाँ ५३ पैसा, कतारी रियालको ४२ रुपैयाँ ३० पैसा, साउदी रियालको ४१ रुपैयाँ ८ पैसा तथा यूएई दिर्हामको ४१ रुपैयाँ ९९ पैसा तोकिएको छ।
चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७७ पैसा, सिंगापुर डलरको ११९ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गिटको ३७ रुपैयाँ ६९ पैसा, थाई भाटको ४ रुपैयाँ ५८ पैसा र जापानी येन (१० एकाइ) को खरिददर ९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्कको १८८ रुपैयाँ ८७ पैसा, हङकङ डलरको १९ रुपैयाँ ६७ पैसा, डेनिस क्रोनरको २३ रुपैयाँ ४९ पैसा, स्विडिस क्रोनरको १५ रुपैयाँ ८६ पैसा तथा दक्षिण कोरियाली वन (१०० एकाइ) को खरिददर १० रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले खुला बजार प्रणालीअन्तर्गत वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने जनाएको छ।

